उपत्यकाका आठ सडक निर्माण सुरु

उपत्यकाका आठ सडक निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको हो ।

काठमाडौँमा तीनवटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार काठमाडौँमा जोरपाटी–साँखु सडकखण्ड (१२ किमी), जोरपाटी–सुन्दरीजल सडक खण्ड (सात किमी) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड (१२.५ किमी)को निर्माणकार्य पुनः अगाडि बढाइएको छ ।

त्यसैगरी ललितपुरमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड (पाँच किमी), सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड (१३ किमी), लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड (८.४ किमी) र ग्वार्को–लुभू–लामाटार सडक खण्ड (७.२ किमी) रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयोे । उहाँका अनुुसार भक्तपुरमा सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड (४.५ किमी)को काम अगाडि बढाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।