भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल्ने गरी नाम जुधाई फरक उद्देश्यका साथ कम्पनी स्थापना गरेको पाइएको हो।

ठगीको आरोप लागेका सञ्चालकले मलेसियाली दूतावासका कर्मचारीसँग सरसल्लाह गरी कम्पनीको नाम जुराएको बताएका छन्। एउटा उद्देश्यमा स्थापना भएर अर्कै प्रकृतिको काम गर्न पाइँदैन। मलेसियाले विश्वका विभिन्न मुलुकका नागरिकका लागि भिसा प्रोसेसिङका लागि भीएलएन (भिसा लुरुस नेग्रा) नामको प्रणाली स्थापना गरेको छ। मलेसियाले दूतावासभित्रै त्यो प्रणाली स्थापना गर्नुपर्नेमा छुट्टै व्यक्तिले त्यही नामको कम्पनी खडा गरेका हुन्।

मलेसियाली प्रणालीसँग नाम मिल्दोजुल्दो गरी स्याङ्जाका रामप्रसाद श्रेष्ठले मलेसिया भीएलएन नेपाल प्रालि दर्ता गरे। कम्पनीले हरेक कामदारसँग ६ हजार ७ सय रुपैयाँ र भ्याटसमेत असुल्दै आएको छ।  वैदेशिक रोजगार ऐनमा अनुमतिबिना वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिए वा तोकिएभन्दा बढी शुल्क लिए कारबाहीको व्यवस्था छ। मलेसिया भीएलएनले कम्पनी दर्ताको प्रक्रियाबाहेक कुनै पनि नियमनकारी निकायबाट अनुमति नलिई रकम उठाइरहेको हो। यो कम्पनीले २०७० सालदेखि कम्पनीले काम गरिरहेको छ।

भिसा प्रोसेसिङकै लागि दुई संयन्त्र खडा गरिएका थिए। कामदारको राहदानी संकलन गरी काठमाडौंस्थित मलेसियाली दूतावासमा पठाउन वान स्टप सेन्टर खडा गरी हरेक व्यक्तिसँग २ हजार ८ सय रुपैयाँ र भ्याटसमेत लिने गरिएको थियो। त्यसबाहेक अनलाइन सफ्टवेयरमार्फत भिसा प्रोसेसिङ गर्न मलेसिया भीएलएनले प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ लिने गरेको थियो।

यसमा १३ प्रतिशत भ्याटबापत ७ सय ८० रुपैयाँ थपिन्थ्यो भने मलेसिया सरकारले लिने ७ सय रुपैयाँ भिसा शुल्क पनि जोडिन्थ्यो। कानुनतस् ७ सय तिरे पुग्नेमा रोजगारीमा मलेसिया जाने युवाहरू यी सबै शुल्क जोडदा ७ हजार ४ सय ८० रुपैयाँ तिर्न बाध्य थिए।कामदारको स्वास्थ्य परीक्षणका नाममा लिइने शुल्क भने यसबाहेक हो। ,यो खबर आजको कान्तिपुर दैनिकमा