रक्षामन्त्री रिजालले गरे जंगी अड्डाको निरीक्षण भ्रमण 

रक्षामन्त्री रिजालले गरे जंगी अड्डाको निरीक्षण भ्रमण 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । आइतबार रक्षामन्त्री रिजालले सैनिक मुख्यालयको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्री रिजालले देशभित्र विपद् व्यवस्थापन र कोभिड- १९ विरुद्ध नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । ‘रक्षामन्त्रीले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड- १९ महामारी विरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गदै आफ्नो कार्यकालभरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरूको कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त  गरेका थिए ।

यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताएका थिए । रक्षामन्त्री रिजालको नेतृत्व र निर्देशनमा नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास पनि प्रधानसेनापति शर्माले व्यक्त गरेका थिए ।

रक्षामन्त्रीको नेपाली सेनाको मुख्यालय निरीक्षण भ्रमणमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरू तथा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।