भियतनाममा एक वर्षमा छ हजार चार सय जनाको मृत्यु


एजेन्सी – सन् २०२२ मा भएका सवारी दुर्घटनामा छ हजार चार जनाको मृत्यु भएको छ । यो वर्ष एघार हजार चार सय ४८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा चार हजार दुई सय १५ जना गम्भीर घाइते र तीन हजार छ स य १३ जना सामान्य घाइते भएका भियतनामी ट्राफिक प्रहरी विभागले शुक्रबार जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा सवारी दुर्घटना र सामान्य घाइतेको संख्या क्रमशः ०.३ प्रतिशत र १२.१ प्रतिशतले घटेको छ भने मृत्यु र गम्भीर घाइतेको सङ्ख्या क्रमशः ९.९ प्रतिशत र ७.९ प्रतिशतले बढेको छ ।

औसतमा यो वर्ष भियतनाममा प्रति दिन ३१ वटा सडक दुर्घटना भएका छन् भने १७ जनाको ज्यान गएको तथा २२ जना घाइते भएका छन् । भियतनाममा गत वर्ष भएका ११ हजार चार सय ५४ सवारी दुर्घटनामा पाँच हजार सात सय भन्दा बढीले ज्यान गुमाएका थिए भने आठ हजार घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement