भारतीय तरकारी प्रतिबन्ध लगाउने प्रदेश सरकारको निर्णय

भारतीय तरकारी प्रतिबन्ध लगाउने प्रदेश सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ६ को प्रदेश सरकारले भारतीय बजारबाट आयात हुने विषादीयुक्त तरकारी प्रतिबन्ध लगाउने भएको छ।

मन्त्रिपरिषद्को पहिलो बैठकले ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजना को आधार तयार गर्दै भारतीय बजारबाट आयाजित हुने विषादीयुुक्त तरकारीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारकी प्रवक्त बिमला केसीका अनुसार खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादियुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको हो।

तरकारी प्रतिबन्ध लगाउन तत्काल सम्भाना नरहेपनि अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिएको जानकारी दिँदै केसीले भनिन्, ‘अब दीर्घकालीन योजना बनाएर काम सुरु गर्छौ ।’

प्रदेशमा कृषिलाई व्यवसायिकरण गरेर भारतीय बजारबाट आयात हुने विषादीयुक्त तरकारीलाई बिस्तारै प्रतिबन्ध लगाइने उनले जनाइन्।

यसैगरी, उच्च मूल्य कृषि बस्तुको उत्पादनमा बृद्धि, एक समूह एक सहकारी, एक सहकारी एक उत्पादनको नीति लिएर काम गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।