गाडी भाडा बढ्यो,कहाँ जान कति लाग्छ ? (सूचीसहित)


काठमाण्डु – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । मंगलबार मध्यरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement