भेनेजुएलामा संकटकाल घोषणा, राष्ट्रपति मादुरो अमेरिकाको कब्जामा

भेनेजुएलामा संकटकाल घोषणा, राष्ट्रपति मादुरो अमेरिकाको कब्जामा


काठमाण्डु-भेनेजुएलामा राष्ट्रिय संकटकालको घोषणा गरिएको छ । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि राष्ट्रपति निकोलस मादुरोले देशमा संकटकालको घोषणा गरेका हुन् ।

शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो।

मादुरोले त्यसलाई अमेरिकाले गरेको अत्यन्त गम्भीर सैन्य हमलाको संज्ञा दिएका छन्।

भेनेजुएली सरकारका अनुसार कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ आक्रमण भएको थियो।

उनले सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स)लाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न पनि निर्देशन दिएका छन् ।

अमेरिकाले गर्‍यो भेनेजुएलामा आक्रमण

यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ।’