४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला पारेको हो ।

मधुवन नगरपालिका–५ गाउँ नम्बर १० को फुलाराम चोकबाट २ वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले १ हजार ९२० थान विद्युतीय चुरोट फेला पारेको छ ।

विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक कमलबहादुर नेपालीका कमाण्डमा गस्ती टोली खटाइएको थियो । स्पेस म्यान एसपी ४० हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रतिथान २ हजार ५०० रुपैयाँ रहेको छ । सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मूल्य ४८ लाख ५ हजार रहेको छ ।

गस्ती टोली देख्नासाथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छाडेर भारततर्फ भागेकोे उनले बताए ।

पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए । खुला सिमानाका कारण नेपाल–भारत सीमा क्षेत्रबाट अवैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।