भारत तस्करी गर्न लागिएको ४५० थान भेप बरामद

भारत तस्करी गर्न लागिएको ४५० थान भेप बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज-वीरगन्ज नाका हुँदै भारत तस्करी गर्न लागिएको भेप (विधुतीय चुरोट) सशस्त्र प्रहरीले बरामद गरेको छ । वीरगन्जबाट टाँगामा राखेर रक्सौल लैजाँदै गरिएको करिब १४ लाख रुपैयाँ बराबरको भेप वीरगन्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले रक्सौल जाँदै गरेको टाँगा रोकेर चेकजाँच गर्दा टाँगाको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४५० थान भेप बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गुल्म हेड क्वाटरका अनुसार बरामद भेप र घोडासहितको टाँगा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइए छ ।

बरामद भेपको बजार मूल्य १३ लाख ८५ हजार रूपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।