काठमाण्डुमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोपको पहिलो डोज दिइने

काठमाण्डुमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोपको पहिलो डोज दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्लामा असोज ११ देखि अर्थात सोमवारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख बद्रीबहादुर खड्काका अनुसार यही ११ गतेदेखि १३ गतेसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन लागेको हो ।

काठमाण्डुका १२ वटै पालिका र सात अस्पतालमा खोप केन्द्र तोकिएको छ । खोप लगाउनको लागि  अनिवार्य अनलाइन फारम भर्नुपर्ने छ ।