अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबिच भेटवार्ता

अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्युबीच भेटवार्ता भएको छ । बिहीबार टंगालस्थित आयोगको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ । त्यस्तै भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।