काठमाण्डु – गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बिचको सम्वन्ध र सहकार्य, लागूऔषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै भेटमा कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्वन्धी समझदारीका सम्वन्धमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखक र अतरिक्त सचिव महावरले दुई देशबिच आगामी दिनमा समेत सम्वन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाप पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया