भायानेटले ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक

भायानेटले ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार प्याक छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा प्राप्त गर्न चाहने ग्राहकका लागि विशेष रूपमा तयार गरिएको छ ।

प्याकअन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका इन्टरनेट योजना प्रदान गरिरहेको छ । सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज अब ११ हजार २०० रुपैयाँ (भ्याटसहित) मा उपलब्ध हुनेछ ।

२०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक प्याकेज लिने ग्राहकले १ महिना इन्टरनेट नि:शुल्क पाउनेछन् । ती प्याकेजहरूमा ‘प्राइरिटी सर्भ’ सुविधा पनि रहनेछ, जसअनुसार दिउँसो ३ बजेअघिसम्म दर्ता गरिएका इन्टरनेट सम्बन्धी गुनासो सोही दिन समाधान गरिनेछ ।

ग्राहकको इन्टरनेट अनुभव सुधार गर्न भायानेटले ‘मेस राउटर’ छुट मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया ३ हजार रुपैयाँ पर्ने राउटर अहिले २ हजार ५०० रुपैयाँमा पाइनेछ ।

भायानेटका अनुसार नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ दुवै नयाँ र पुराना ग्राहकका लागि उपयोगी हुनेछ ।