काठमाण्डु – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले ‘वाइफाइ ६’ सेवा बजारमा ल्याइएको छ ।
आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै ‘वाइफाइ ६’ प्रविधि डिजाइन गरिएको छ । पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्युनतम स्तरमा झार्दछ । फलस्वरूप घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसूस हुने छैन ।
भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेजहरू उपलब्ध गराएको छ । जसमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना मात्र १३ हजार ८०० (भ्याटसहित) मा प्राप्त गर्न सकिनेछ । आकर्षक अफरअन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन् ।
घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले ३ हजार ५०० (भ्याट सहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ । साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्यालाई मेस सिस्टमले समाधान गर्नेछ ।
पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ । विद्यमान प्रयोगकर्ताले मात्र ५०० रुपैयाँको न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् । यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ ।
४के भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पूरा गर्ने सामर्थ्य राख्छ । यस सेवाका बारेमा थप जानकारी लिन वा जडान गर्न इच्छुक ग्राहकले ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा भ्रमण गर्न सक्नेछन् ।




प्रतिक्रिया