काठमाण्डु– इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको मूख्य प्रायोजन गर्ने भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटललजिक प्रा.लि. बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित उक्त खेलको प्रायोजन गरिएको भायानेटले जनाएको छ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।




प्रतिक्रिया