भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर, पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर, पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ ।

भायानेटले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेटग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशत सम्म छुट पाउनेछन्।

त्यती मात्र होईन ! आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नोपुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको छ । जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उहाँहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।

भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडी आफ्ना ग्राहकलाई सुबिधा दिने इतिहास छ । २०११ मा, हामीले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गर्यौँ, जसले देशलाई उच्च-गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्यो । २०१६ मा, भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप्यो ।

ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धताले कम मुल्य मा १७५+ टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात गरेको हो । र हामी केहि समय अगाडी मात्रै नेपालको पहिलो मल्टि-गिग इन्टरनेट,२ जिपिएस एक्स जि एस-एक्स्ट्रीम प्याकेज, जुन अत्याधुनिक एक्स जि एस फाइबर टेक्नोलोजीमा निर्मित छ, सुरु गरेकोमा कृतज्ञ छौं। भायानेट कम्युनिकेसनले नेपालमा इन्टरनेट जडानलाई पुन: परिभाषित गर्दैछ।

हामीले २४ अविश्वसनीय वर्षहरू मनाउँदै गर्दा, हामी हाम्रा कर्मचारीहरू, हाम्रा वफादार ग्राहकहरू, र हाम्रा सबै सरोकारवालाहरूलाई यस यात्रालाई उल्लेखनीय बनाउनको सहयोगी हात बनेकोमा हृदयदेखि धन्यवाद दिन्छौं। भायानेट कम्युनिकेसन भविष्यमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध छ।