भाइबरले ल्यायो ‘इमोसन्स मेसेज रियाक्सन फिचर’

भाइबरले ल्यायो ‘इमोसन्स मेसेज रियाक्सन फिचर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका अग्रणी एपहरुमध्येको एक एप ‘भाइबर’ले नयाँ फिचर ल्याएको छ । राकुटेन भाइबरले यसको प्लेटफर्ममा रहेको लाइक फिचरलाई अर्को स्तरमा पुर्याउन भन्दै थप प्रभावकारी इमोसन्स मेसेज रियाक्सन फिचर ल्याएको हो ।

विश्वव्यापी रुपमा तत्काल सन्देश प्रवाहित हुने माग बढिरहेको सन्दर्भमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको सिर्जनात्मक क्षमता विस्तार हुने गरी उनीहरु आफैँले सन्देश मार्फत् आफ्नोे भाव पूर्ण रुपमा अभिव्यक्त गर्न सक्ने जनाएको छ ।

भाइबरले सन्देशहरुमा आफ्नोे प्रतिक्रिया व्यक्त गर्न प्रयोगकर्ताहरुले कुनै सन्देशको अर्को छेऊमा रहेको हार्ट आइकनलाई एकैछिन ट्याप गरेर आफ्नो लाइक, हाँसो, आश्चर्य, दुःख, वा क्रोध भाव जनाउन सक्ने जानकारी दिएको छ ।