उपराष्ट्रपति पुनले गरे रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण (फोटोफिचर)

उपराष्ट्रपति पुनले गरे रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरे ।

 

तस्वीर :अशोक घिमिरे रासस

उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिका–-१ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराएका थिए ।

तस्वीर :अशोक घिमिरे रासस

 

उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए । यस्तै उपराष्ट्रपतिले आजै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गरे ।