काठमाडौं – उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’को उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसा र भानुभक्त ढकाल रहेकाछन् ।
यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका छन् । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज दिउंसो २ बजेसम्म निर्धारण गरिएको थियो । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउंसो ३ बजेसम्म हुनेछ ।




प्रतिक्रिया