काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले क्रिसमसको शुभकामना दिएका छन् । उनले इसाइ धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसडेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुमा सुश, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले एक शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको बताएका छन् । उनले संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको बताउँदै कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न गराउन नपाइने बताए ।
क्रिसमसडेले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई उर्जा प्रदान गर्ने विश्वास लिएको बताए ।




प्रतिक्रिया