काठमाण्डु – गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय छ ।
गीतलाई एचएमएम मिडियाको अफिसियल यूट्युब च्यानलमार्फत बजारमा ल्याएको हो । जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ ।
पछिल्लो समय एकपछि अर्को गीत पस्किँदै आएकी गायिका सुस्मिताको स्वरले गीतलाई छुट्टै उचाइ दिएको छ । विवेक लोप्चनको शब्द र सङ्गीत रहेको गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कार्साङ लामा (दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअपमार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।




प्रतिक्रिया