होली गीत ‘होरी’मा राजेश हमाल र उषाको अभिनय

होली गीत ‘होरी’मा राजेश हमाल र उषाको अभिनय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको ‘स्वरान होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टीमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीकामार्फत देखाउन खोजेका छन् ।

भिडियोमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकी सहितको अभिनय देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत मह्त्वलाई नजिकबाट केलाएको निर्माण युनिटको दाबी छ ।

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन् । भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ ।

राम अबिरल विष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत छ । पवन सुस्लिङको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउसिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण विकको अफिसियल यूट्युब च्यानलबाट बजारमा आएको छ ।