लद्दाखमा जारी तनाव समाधान गर्न भारतीय सुरक्षा सल्लाहकार र चिनियाँ विदेशमन्त्रीबीच भिडियो वार्ता

लद्दाखमा जारी तनाव समाधान गर्न भारतीय सुरक्षा सल्लाहकार र चिनियाँ विदेशमन्त्रीबीच भिडियो वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यी र भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भिडियो संवाद भएको छ । उनीहरुबीच आइतबार भिडियो संवाद भएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । यी र डोभलबीच लद्दाखमा जारी तनावलाई समाधान उन्मुख कसरी गराउने भन्ने विषयमा केन्द्रित भएको जनाइएको छ ।

शान्ति स्थापना गर्न र आगामी दिनमा कुनै पनि तनाव सिर्जना हुन नदिन दुवै पक्ष सहमत भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय विदेश मन्त्रालयले पनि यी र डोभलबीच दुई देशबीचको गहिरो विचार आदानप्रदान भएको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ जुलाईमा लेह पुगेर चीनलाई विस्तारवादको रणनीति अहिलेको समयमा लागु नहुने भन्दै चेतावनी दिएको तीन दिनपछि दुवै पक्षबीच वार्ता भएको हो । सो वार्तापछि चिनियाँ सैनिक गलवान क्षेत्रको विवादित भूमिबाट एक किलोमिटर पछि हटेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि भारत–चीनबीच १५ जुनको राति लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत–चीन सम्बन्धमा थप तनावको स्थिति उत्पन्न भएको थियो ।