काठमाण्डु – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डु आउँदै छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन्।
उपराष्ट्रपति सुआन सोमबारसम्म नेपालको भ्रमणमा रहने छिन् । भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनकी समकक्षी सुआनबिच आइतबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ।
यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्कने तालिका छ।




प्रतिक्रिया