क्वात्राको नेपाल यात्राः प्रधानमन्त्री प्रचण्डसँग दुई पटक वार्ता, १४ नेतासँग छुट्टाछुट्टै छलफल

क्वात्राको नेपाल यात्राः प्रधानमन्त्री प्रचण्डसँग दुई पटक वार्ता, १४ नेतासँग छुट्टाछुट्टै छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्रा म‌ंगलबार भारत फिर्ता भएका हुन् । उनले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरे ।

पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाटगरी स्वदेश फर्केका हुन् ।

नेपाल-भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि विदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरे । अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन ।

राष्ट्रपति निर्वाचन नजिकएका बेला विदेश सचिव क्वात्राले संघीय संसद्का ठूलादेखि साना दलसम्मका नेताहरूसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारूढ गठबन्धनका भविष्यका बारेमा उनले चासो व्यक्त गरेको स्रोत बताउँछ ।

सबैजसो राजनीतिक दलका नेतासँग गठबनधनबारे चासो व्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन् ।