पत्रपत्रिका

भिआइपीका लागि ओछ्याउने रातो कार्पेटमा भ्रष्टाचार

काठमाडौं – १८ औं सार्क सम्मेलन आउने भिआइपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो।

dish home

भिआइपीका लागि पाँच हजार ९८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो। तर, सेनाले सात हजार २५ वर्गफिट खरिद गरेको विवरण पेश गरेको थियो। यसबाट राज्यलाई चार लाख रुपैयाँ व्ययभार परेको थियो।

रातो कार्पेटको नामा अनियमितता भएको विषय महालेखा परीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो। सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख रुपैयाँ बजेट दिएको थियो। त्यस क्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो।

तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौं सम्मेलनपछि मात्र उपलब्ध गराएको छ। यस्तै निहिल ट्रडिङ कम्पनीसँग एक करोड ४४ लाख बराबरको उपकरण खरिदको सम्झौता गरेको थियो। तर, ती उपकरण सार्क सम्मेलन सकिएपछि मात्र प्राप्त भएका थिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top