भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ– ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा  फालेर हत्या गरेका छन् ।

अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।