काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशीलाई गृह मन्त्रालयले जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशी नागरिकले पर्यटक भिसामा आएर विभिन्न आयोजना तथा गैरसरकारी संस्थामा काम गरेको भेटिएपछि अध्यागमन कानुनअनुसार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ ।
गृहले उनीहरूलाई अध्यागमन कानुनअनुसार ‘वर्किङ भिसा’ प्रक्रियामा जान निर्देशनसमेत दिएको छ । कारबाहीमा परेका विदेशीमध्ये अमेरिकी सहयोग नियोग (यूएसएआईडी) परियोजनाका ३, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ३, तनहुँ हाइड्रोपावरका ४ र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत आयोजनाका १ चिनियाँ छन् ।
गृहसचिव प्रेमकुमार राईले सचिवस्तरीय निर्णय गरी पर्यटक भिसा दुरुपयोग गर्ने विदेशीसँग जरिवाना असुलीका लागि अध्यागमन विभागमा पठाएका थिए । पर्यटक भिसामा आएका विदेशीले १५ दिनको ३० अमेरिकी डलर, ३० दिनको ५० र ९० दिनको १ सय २५ डलर शुल्क तिर्नुपर्छ ।याे समाचार कान्तिपुर देनिकमा छ ।




प्रतिक्रिया