नेपाल आउने भिसाको म्याद ६ महिना थपियो

नेपाल आउने भिसाको म्याद ६ महिना थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विदेशबाट नेपाल आउनेहरुका लागि ६ महिना भिसाको म्याद थप गरेको छ । कोरोना संक्रमणका कारण सिर्जित संकटका कारण सरकारले जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद थपेको हो ।

सोहि निर्णयअनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले सूचना जारी गरेका छन् ।

‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।