परराष्ट्रमन्त्री खनालको चीन भ्रमणमा चौथो वरियताका नेता वाङसँग भेट हुने

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणमा चौथो वरियताका नेता वाङसँग भेट हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भोलि सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् ।

नेपालमा जेनजी आन्दोलनपछि भएको चुनाव र नयाँ सरकार गठनपछि बनेको सरकारका विदेशमन्त्री खनाल मन्त्री बनेपछि पहिलोपटक चीन भ्रमणमा छन् ।

उनले भोलि सोमबार नै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग केन्द्रीय कमिटीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम समेत छ ।

पर्सि मंगलबार मन्त्री खनालले चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङसँग भेट्ने कार्यक्रम छ । उनी हाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा चौथो वरियतामा छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका अत्यन्त विश्वासपात्र मानिन्छन् ।

मन्त्री खनालले सीपीपीसीसी अध्यक्ष वाङसँग भेट पाउने तय हुनुले खनालको भ्रमणलाई चीनले महत्व दिएको रूपमा हेरिएको छ । मन्त्री खनाल ४ दिवसीय भ्रमणका लागि हाल चीनको बेइजिङमा छन् ।