निजगढ विमानस्थल नबने फास्ट ट्याकको महत्व हुँदैन : मन्त्री भट्टराई

निजगढ विमानस्थल नबने फास्ट ट्याकको महत्व हुँदैन : मन्त्री भट्टराई


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल पार्न सक्रिय रुपमा लागि पर्न आग्रह गरेका छन् ।

बुधबार राजधानीमा महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा बोल्दै मन्त्री भट्टराईले उपत्यका ५/६ बजेनै सुनसान हुने बताउँदै रातको समयमा पनि सक्रिय भएर लागि पर्न आग्रह गरेका हुन् ।

उनले भ्रमण वर्षमा उपत्यकाका मठ–मन्दिरलाई बत्ती बालेर उज्यालो बनाउन आग्रह गरे । ‘काठमाडौं ५/६ बजेनै सुनसान हुन्छ, यसरी भंमण वर्ष सफल पार्न पकिँदैन । मठ मन्दिरमा बत्ती बाल्नुस्, रात्रीकालिन गतिविधिहरु सुरु गर्नुस्,’ उनले भने ।

उनले भ्रमण वर्षलाई सफल पार्न सांस्कृतिक सम्पदा जोड्ने ठाँउलगायत उपत्यकाका पर्यटक जोडिने ठाउँमा यातायातका सवारी चलाउन सम्पूर्ण चालकलाई आग्रह गरे । फास्ट ट्याक र निजगढ विमानस्थल एक–आपसमा जोडिएको बताउँदै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए ।

‘त्रिभुभवन विमानस्थल केही वर्षपछि नेपाल आउने पर्यटकलाई धान्नसमेत समस्या पर्छ । निजगढबाट फाष्ट ट्रयाक पनि बन्दै छ, तर विमानस्थल बनेन भने यसकै पनि त्यति ठूलो अर्थ रहँदैन, छिटो लाभ उठाउन पनि सक्दैन,’ मन्त्री भट्टराईले भने, ‘काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको छ, एक डेढ घण्टाको यात्रामा आउन सकिन्छ, संसारका अन्य अन्तर्रा्ष्ट्रिय विमानस्थल मुख्य शहरमा जान एकरडेढ घण्टा लाग्छ ।’