‘भ्रमण वर्ष २०२०’ को प्रचार गर्न चिनियाँ अभिनेत्री बर्दिया पुगिन्


बर्दिया – चिनियाँ अभिनेत्री सु छिङ बर्दिया पुगेकी छन् । अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भावना दूत सु छिङ अवलोकनका लागि शनिबार बर्दिया पुगेकी हुन् ।

सु छिङ बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य बर्दिया निकुञ्ज, ठाकुरद्वारा, केदारेश्वर धाम, कृष्णसार, खाता जैविकमार्ग र बढैयाताल लगायतका क्षेत्रको प्रचारप्रसार गर्न उनी शनिबार अवलोकनका लागि त्यस क्षेत्रमा पुगेकी हुन् ।

पर्यटन प्रर्वद्धनका लागि बर्दिया पुगेकी अभिनेत्री सु छिङले नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी भएको बताइन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोला, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतले सद्भावना दूत सु छिङको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement