काठमाडौं – सरकारले डिसेम्बर ३१ मा विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो राख्ने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा सरकारले उक्त कार्यक्रम गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका हुन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, यूके, यूएसए, युरिल्यान्ड, क्यानडालगायत स्थानका २० अग्ला भवन तथा टावरमा नेपाली झन्डा तथा नेपाल भ्रमण वर्षको लोगो र झण्डा फहराउने कार्यक्रम राखिएको जानकारी दिएका हुन् ।




प्रतिक्रिया