‘भ्रमण वर्ष २०२०’ सफल बनाउन पर्यटनमन्त्री भट्टराईले गरे यस्तो आग्रह

‘भ्रमण वर्ष २०२०’ सफल बनाउन पर्यटनमन्त्री भट्टराईले गरे यस्तो आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष मनाउने सरकारको यो अभियानलाई सफल बनाउन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आयाम रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले सोही कारण नेपालले भ्रमण वर्ष मनाउन लागेको बताएका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ ।