काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भ्रमण वर्षको गीत रचना गर्न आह्वान गरेको छ । भिजिट नेपाल सचिवालयले १० दिने सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो ।
नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत–संगीतबाट गर्दा प्रभावकारी हुने भन्दै नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको सचिवालयले जनाएको छ । गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्ने सचिवालयले जनाएको छ ।
गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ ।




प्रतिक्रिया