भ्रमण वर्ष प्रवद्र्धनमा कूटनीतिक नियोग


काठमाडौँ – नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने औपचारिक सुरुआत गरेसँगै विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूले अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन सुरु गरेका छन् । सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्षको समुद्घाटन गर्नुभएको थियो ।

dish home

‘नेपाल भ्रमण वर्ष २०२० : जीवनभरका लागि अनुभव’ नारासहित सुरु भएको भ्रमण वर्षलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान सुरु गर्न निर्देशन दिएसँगैैैै कूटनीतिक नियोगको सक्रियता बढेको हो ।

नेपालमा भ्रमण वर्ष सुरु भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन् । विदेशस्थित कूटनीतिक नियोगहरूले नेपालको छवि प्रस्फुटन गर्दै विदेशी पर्यटक आकर्षण गर्न विविध कार्यक्रम गर्दै आएका छन् । कतै सडक प्रदर्शन र पदयात्रा गरिएका छन् भने कतै चर्चित व्यक्तित्वले नेपालका बारेमा प्रचार गरेको पाइएको छ ।

कूटनीति देशको आर्थिक विकाससँग नजिक रहेकाले पर्यटनका लागि पनि महìवपूर्ण साध्यका रूपमा रहेको छ । मन्त्री ज्ञवालीका अनुसार नेपालका विभिन्न ३० देशमा दूतावास छन् । कतिपय देशका दूतावासले छभन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसङ्घीय मिसनसँगै १६८ देशसँग नेपालको दौत्य सम्बन्ध कायम छ ।

परराष्ट्र मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव कुमारराज खरेलले भन्नुभयो, “अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन कूटनीतिक नियोगहरूले गरिरहेका छन्, युरोप र अमेरिकातिर भने छुट्टीको समय रहेकाले केही ढिला भइरहेको छ ।”

भारत र चीनको उच्च भरोशा
नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा भारत र चीनको उच्च भरोशा रहेको छ । भ्रमण वर्ष उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतका समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र मोदीले सहर्ष स्वीकार्नुभयो । भारत र नेपालको धार्मिक पर्यटनको सम्बन्ध निकै पुरानो हो ।

चारधाम गर्न होस् वा पुण्य कमाउन, नेपालबाट भारत र भारतबाट नेपाल बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थाटन गर्न आवतजावत हुन्छ । पछिल्लो समय धार्मिक पर्यटनलाई रामायण सर्किट, लुम्बिनी सर्किटसहितका सञ्जालमा विस्तार गर्न दुवै देशको सहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस