काठमाडौं – सरकारले भ्रमण वर्षका लागि सम्भावना दूतहरु नियुक्त गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न देशमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिए ।
त्यसका लागि उनले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरेका छन् । आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवर्द्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।
उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवर्द्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो




प्रतिक्रिया