दशरथ रंगशालाबाट नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिले गर्ने

दशरथ रंगशालाबाट नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोह काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

सन् २०२० को जनवरी १ तारिखका दिन दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा हुने भव्य समारोहमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने कार्यक्रम रहेको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष मूल समारोह समितिको पाँचौँ पूर्ण बैठकमा मन्त्री भट्टराईले विश्वभरि नेपाल घुम्नुपर्छ भन्ने सन्देश दिँदै जनवरी १ तारिखको दिन भ्रमण वर्षको उद्घाटन हुने जानकारी दिए । टुँडिखेलमा उद्घाटन गर्ने तयारी गरे पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि चिटिक्क बनाइएको रंगशालामा यसको उद्घाटन हुने मन्त्री भट्टराईले जानकारी दिए ।

उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु, विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता हुनेछ ।

बैठकले भ्रमण वर्षलाई भव्य बनाउन थप १५ वटा संस्थालाई पनि मूल आयोजक समितिमा समावेश गरेको छ ।