भिजिट भिसामा खाडी राष्ट्रमा जान सरकारले लगायो रोक 

भिजिट भिसामा खाडी राष्ट्रमा जान सरकारले लगायो रोक 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी  माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।