भिभोकाे भी–२५ सिरिजः उत्कृष्ट क्यामेराका साथ आकर्षक स्मार्टफोन

भिभोकाे भी–२५ सिरिजः उत्कृष्ट क्यामेराका साथ आकर्षक स्मार्टफोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हामी उत्साहपूर्वक व्यक्तिगत रूपमा आफूलाई अभिव्यक्त गर्न, अरुभन्दा भिन्न पहिचान बनाउँन र अरुको स्मरणमा रहने विभिन्न तरिकाहरू खोज्छौं । बढ्दो जागरूकता र आफ्नो पहिचान बनाउने दृढताको साथ युवा पुस्ताहरू आफूलाई आफूले चाहेको तरिका व्यक्त गर्न प्रतिबद्ध छन् ।

तसर्थ स्मार्ट फोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन, र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नविनतम टेक्नोलोजीमा केन्द्रित हुनु बहु–आयामी हो । त्यसैले, एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले आजका युवाहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासहरूमा सशक्त बनाउन आफ्नो आविष्कारहरू समर्पित गर्दै आइरहेको छ ।

भी–सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केहि नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्य सम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाइएको छ । त्यस्तै, पछिल्लो भी–सिरिजका स्मार्टफोनहरू–भी २५ फाइभ जी र भी २५ ईले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् ।

भिभो भी २५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ । भिभो भी २५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ ।

साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजीग्लास पनि प्रदान गर्दछ जुनफिंगर प्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथस्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउँदछ ।

नयाँ भी २५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी २५ फाइभजी र भी २५ ईमा ६४ एमपीओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटोहरू र भिडियोहरू खिच्दछ ।

पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिकइमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ र प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ ।

भी २५ सिरिजमा बोहेक फ्लेयर पोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याक ग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोहेकमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दतगर्दछ । त्यस्तैभी २५ फाइभजीमा ५० एमपी अटोफोकश एचडी पोट्र्रेटफ्रन्ट क्यामेरा रहेको छ, जसले उत्कृष्ट सेल्फीअनुभव प्रदान गर्दछ ।

भी २५ई मा ३२ एमपी एफएफफ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभोभी–२५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ ।

भिभो भी २५ सिरिजमा ४४ वाट फ्ल्यास चार्जछ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४५०० एमएएचको विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ । भी २५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन् ।

भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सटी ९०० प्रोसेसर छ र भी २५ईमा मिडियाटेक हेलियो जी९९प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड र्याम ३.० रहेको छ । जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।

भिभोका स्मार्टफोनहरू भव्य डिजाइन, उत्कृष्ट कार्यसम्पादन र अनुपमशक्तिकापाउँन सकिन्छ । यसले नवीनतम आविष्कारहरूद्वारा स्मार्टफोन बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी–२५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै यस यात्रामा अर्को कोसेढुङ्गा बन्ने प्रतिज्ञा गरेको छ ।