गायिका प्राश्ना शाक्य र निर्वाण केरुङको ‘प्रियतम’ म्युजिक भिडियो सार्वजनिक

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङको ‘प्रियतम’ म्युजिक भिडियो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा पुस्ताको ढुकढुकी सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य, जसको स्वरमा जादु छ ।

‘बादल वर्षा बिजुली’ गीतले दर्शक र श्रोताको मनमा चम्किएकी प्राश्नाका थुप्रै सुपर हिट छन् ।

आवाज देऊ, गाउँले जीवन जस्ता सुपर हिट गीतमार्फत चम्किएकी गायिका प्राश्नाले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ‘प्रेम दिवस’ अर्थात् भ्यालेन्टाइनडेको अवसरमा ‘प्रियतम’ बोलको भिडियो सार्वजनिक गरेकी छन् ।

गायिका प्राश्ना शाक्यलाई नेपाली साङ्गीतिक क्षेत्रकी ‘द नाईटिङल भ्वाइन’ समेत भन्ने गरिन्छ । सानै उमेरदेखि नेपाली गीत सङ्गीतमा रुचि राखिने उनले आफ्नो साङ्गीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छन् ।

सार्वजनिक गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबिच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ ।

गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लु:ज: सिंहले गरेका हुन् । प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।