उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव चीन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन्। सातौं चीन-दक्षिण एसिया प्रदर्शनी तथा २७ औँ चीन कुनमिङ आयात-निर्यात मेलामा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ। सो मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् । उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ।