उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो। यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्।