उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा सहभागी

उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

यसै अवसरमा आज बिहान काठमाण्डुस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति डा.आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देश बाचन गरिएको थियो ।