उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै,भ्रमण दलमा को-को छन् ?

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै,भ्रमण दलमा को-को छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन भ्रमणमा जाँदैछन्।

उपराष्ट्रपति यादव ‘चाइना-साउथ एसिया एक्सपो’मा सहभागी हुन साेमबार सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा जाँदैछन्।