उपसभामुख निर्वाचनका लागि आज उमेदवारी दर्ता,भोलि निर्वाचन

उपसभामुख निर्वाचनका लागि आज उमेदवारी दर्ता,भोलि निर्वाचन

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।