महिला भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुआत

महिला भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुआत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबारदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । श्रीलंकालाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै नेपाल विजयी भयो ।

प्रतियोगिताअन्तर्गत बिहीबारै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ ।

जीतसँगै नेपालले ३ अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।