एभिसी भलिबलमा अफगानिस्तानको पहिलो जित


एजेन्सी – एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान पहिलो भएको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा हराउँदै अफगानिस्तानले पहिलो जित निकालेको हो ।

अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई नै अंक जोडेको छ ।

अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो । बंगलादेशको भने यो लगातार दोस्रो हार हो । हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement