फक्सवागनले ल्यायो ‘दशैं र तिहार’ अफर

फक्सवागनले ल्यायो ‘दशैं र तिहार’ अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फक्सवागन गाडीको लागि नेपालको एकमात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले यो वर्षको दशैं र तिहारको शुभ अवसरलाई लक्षित गर्दै अनविटएबल फेस्टिभ अफर योजना ल्याएको छ ।

यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चार पाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।

नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्विच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर हो ।अनविटएबल कार, अनविटएबल अफर  ट्याग लाइनका साथ सुरु हुने यो योजनामा उत्कृष्ट जर्मन-इन्जिनियर कारमा इजी फाइनान्सिङ सुविधा प्राप्त हुनेछ।

साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

यो योजना सेप्टेम्बर १ देखि देशभर लागु हुँदैछ। उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुनेछ। यो चाडपर्वको अवसरमा उत्कृष्ट अफर लिन र घरमा खुसी ल्याउन तपाइँको नजिकको फक्सवागन शोरुममा जान नभुल्नुहोला ।

पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्। नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।