काठमाण्डु–प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना भइरहेको काठमाण्डुका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता हासिल गरिरहेका छन् ।
प्राप्त नतिजाअनुसार काठमाण्डु–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९ मत ल्याएका छन् ।
यस्तै काठमाण्डु–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत र कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत ल्याएर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यसैगरी, काठमाण्डु–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९०७ र एमालेका राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन् ।
काठमाण्डु–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ३ हजार ५५६ र एमालेका ईश्वर पोखरेलले १ हजार ९०८ मत ल्याएका छन् ।
काठमाण्डु–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले २ हजार ७७५ र एमालेका अमनकुमार मास्केले १ हजार ६१२ मत ल्याएर पच्छयाइरहेका छन् ।
यसैगरी, काठमाण्डु–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ र नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत ल्याएका छन् ।
काठमाण्डु–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १ हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले १ हजार ६४५ मत प्राप्त गरेका छन् ।
काठमाण्डु–९ मा रास्वपाका डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत ल्याई अग्रता कायम गरेका छन् भने कांग्रेसकी नानुमैयाँ बास्तोलाले १ हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् ।
काठमाण्डु–१० मा रास्वपाकै प्रदीप विष्टले ८ हजार ५०८ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले १ हजार २२१ मत ल्याएका छन् ।
काठमाण्डु–१ मा यसअघि रास्वपाकै रञ्जु दर्शना १५ हजार ४५५ मत ल्याई विजयी भइसकेकी छिन् ।




प्रतिक्रिया